• प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि आन्दोलन

  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले तेस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेका छन् ।

    आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले मंगलबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका हुन् ।

    प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।

    बारसहित सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरू इजलासमा समेत बसेका छैनन् ।

    प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि एक घण्टा धर्ना दिँदै आएको छ ।

    आजसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने निर्णय नेपाल बार एशोसिएसनले गरेको छ । सोही क्रममा आन्दोलनमा उत्रिएका न्यायाधीशहरूलाई जबराले आफू सम्मानजनक बहिर्गमन हुन चाहेको सन्देश पठाएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय