• प्रदेश १ : आजदेखि एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री

  • काठमाडाैँ । आज (मंगलबार) प्रदेश १ मा एकीकृत समाजवादीका नेता राजेन्द्र राई नयाँ मुख्यमन्त्री बन्दै छन्। 

    यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम आचार्यले सोमबार राजीनामा दिएपपछि गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष दाबी पेस गरेका हुन्। 

    सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसदहरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबीपत्र बुझाएका हुन्।

    प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आज मंगलबार २ बजेका लागि शपथ ग्रहणको समय तोकेका हुन्। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय