• अलपत्र परेका तीन विदेशीसहित नौ पदयात्रीको उद्धार

  • म्याग्दी। म्याग्दीको हिडन भ्यालीबाट मुस्ताङ जाने पदमार्ग पहिल्याउन नसकेर अलपत्र परेका तीन स्पेनी नागरिकसहित नौ जनालाई मुस्ताङ प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरी आज जोमसोम विमानस्थतल लगेको छ ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपातका कारण बाटो पहिल्याउन नसकी अलपत्र परेका तीन विदेशीसहित छ जना नेपालीको उद्धार गरिएको हो ।

    मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले हिडन भ्यालीमा तीन स्पेनी र छ नेपाली गाइड अलपत्र परेपछि उद्धार गरी जोमसोम विमानस्थल ल्याइएको जानकारी दिए ।

    नौ जनालाई फिस्टेल एयरको हेलिकप्टरले तीनपटक ओसारेर मुस्ताङको जोमसोम लगेको थियो । उद्धार गरिएकामध्ये तीनै जना स्पेनी नागरिक र एक नेपाली भने आजै काठमाडौं गएको जनाइएको छ ।

    हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै हिमपात सुरु भएको छ । म्याग्दी र मुस्ताङका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय