• निरन्तर क्रियाशील भए मात्रै पार्टी स्वस्थ हुन्छ : राई

  • तनहुँ। जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले निरन्तर क्रियाशील, गतिशिल भए मात्रै पार्टी स्वस्थ हुने बताएका छन्।

    जनता समाजवादी पार्टी तनहुँले आज दमौलीमा आयोजना गरेको पार्टी सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले क्रियाशीलता र गतिशिलताले पार्टीलाई उपलब्धिमूलक बनाउने बताए।

    राईले क्रियाशील नहुने, कार्यक्रम नगर्ने, योजना नबनाउने र गुनासो मात्रै गरेर बसे पार्टी नबन्ने बताए।

    मङ्सिर मसान्तसम्म अभियान भनिए पनि त्यसपछि पनि उक्त अभियानलाई निरन्तर जारी राख्नुपर्नेमा राईले जोड दिए।

    केन्द्र र प्रदेश सरकारमा जसपाको प्रतिनिधित्व रहेकाले उक्त अवसरलाई सदुपयोग गर्नुपर्नेमा राईले आग्रह गरे।

    कार्यक्रममा जसपाका नेता एवं पूर्वमन्त्री हिसिला यमी, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका जलस्रोतमन्त्री हरिशरण आचार्य, पूर्वमन्त्री शिवलाल थापा लगायतले अभियानमार्फत पार्टीको सङ्गठनलाई मजबुत बनाइने बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय