• कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीद्वारा राजीनामा

  • काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।

    गत बैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग सत्ताको नेतृत्व आलोपालो गर्ने सहमतिअनुसार कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरणका लागि उनले पदबाट राजीनामा दिएका हुन् ।

    उनी २०७४ सालको प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका थिए । उनले ३ वर्ष ८ महिना कर्णालीको मुख्यमन्त्रीका रुपमा काम गरे ।

    सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गरे ।

    मुख्यमन्त्री शाहीले पूर्वसहमति अनुसार नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि आफूले राजीनामा दिएको बताए ।

    आफूले दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेको बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय