• कोरोना संक्रमण दर १८.४ प्रतिशत

  • नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ५३३ मा सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा ११ हजार ६६४ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।

    आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित नौ हजार ३१८ जना पुगेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । सङ्क्रमण दर १८.४ प्रतिशत रहेको छ । सङ्क्रमति शून्य रहेका जिल्ला मनाङ र मुगु मात्र छन् ।

    पछिल्लो २४ घण्टामा ४९० जनाले सङ्क्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार २७७ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.४ प्रतिशत रहेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट नौ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४१६ जनाको निधन भएको छ ।

    हाल कोरोना सङ्क्रमितहरू होम आइसोलेशनमा आठ हजार ५९८, संस्थागत आइसोलेशनमा ७२०, सघन उपचार कक्षमा २४१ र भेन्टिलेटरमा ७४ जना रहेका छन् । आज ६५ हजार २८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ७० हजार २४ जनाले पहिलो मात्रा र ७२ लाख ५२ हजार २८५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय