• प्रदेश १ को मुख्यमन्त्रीमा राईलाई गठबन्धनको पत्रसहित समर्थन

  • प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि यहाँ आज आह्वान गरेका छन् ।

    आह्वानपछि प्रदेश नं १ मा नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलले हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा आज बुझाएको छ ।

    गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा एकीकृत(समाजवादी)का १०, नेकपा (माओवादी केन्द्र)का १५, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक गरी ५० जनाको हस्ताक्षरसहितको पत्र बुझाइएको हो ।

    प्रदेश प्रमुखबाट मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेशसभाको बैठकमा राजीनामा दिएको घोषणा गरेपछि सो आह्वान भएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय