• प्रदेश १ का मुख्यमन्त्री आचार्यले गरे राजीनामा दिने घोषणा

  • प्रदेश१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने घोषणा गरेका छन् ।

    प्रदेश १ को प्रदेशसभाको आजको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिने जानकारी दिएका हुन् ।

    प्रदेशसभाको हिउँदे तथा आठौँ अधिवेशनको आज बसेको बैठकमा प्रदेशसभामा नेकपा एमालेतर्फका सांसदको बहुमत नरहेका कारण राजीनामाको घोषणा गरेका थिए । मुख्यमन्त्री आचार्यले गत भदौ १० गते मुख्यमन्त्रीको शपथ लिएका थिए ।

    मुख्यमन्त्री आचार्यले आजको बैठकमा विश्वासको मत लिन यसअघि नै प्रस्ताव पेश गरेका थिए । उनको पक्षमा बहुमत नदेखिएपछि राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुको विकल्प नभएको बताए ।

    हालै लोकतन्त्र र संविधानका लागि सङ्घर्ष गरेर आएका दलहरुले यसको रक्षाका निम्ति पनि एकजुट हुनुको विकल्प नरहेको भन्दै आफ्नो नेतृत्वको सरकारले छोटो समयमा पनि रचनात्मक कार्य गरेको बताए । त्यसपछि सभामुख प्रदीपकुमार भण्डारीले अर्को बैठक कात्तिक २३ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय