• प्रचण्ड-नेपालबीच भेटवार्ता

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    नेताद्वय प्रचण्ड र नेपालबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार भेट भएको हो । उनीहरूबीचको भेटवार्तामा राजदूत नियुक्त, प्रदेश सरकार फेरवदलबारे छलफल भएको छ ।

    सर्वोच्च अदालतको आदेशअनुसार शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी ओली सरकारले नियुक्त गरेका १२ देशका राजदूत सरकारले फिर्ता बोलाएको थियो । रिक्त देशमा राजदूत नियुक्ति गर्ने तयारीमा सरकार छ । यसअघि मन्त्रिपरिषदले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरिसकेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय