![](https://forwardkhabar.com/wp-content/uploads/2024/07/trip-g-80x100.jpg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/09/messi_Sc9ZmEBH6Q.jpeg)
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लिओनल मेस्सीले आफू पुनः बार्सिलोनामै फर्किनका लागि तयार भएको बताएका छन् ।
प्राविधिक सचिवको रुपमा बार्सिलोना फर्किन आफू तयार भएको मेस्सीले बताएका हुन् ।
बार्सिलोना छाडेर पीएसजी गएका अर्जेन्टाइन स्टार मेसीले पुनः बार्सिलोनामा फर्किएर क्लबको व्यवस्थापन टिममा रहने इच्छा व्यक्त गरेका हुन् ।
‘मैले सधैं भनेको थिएँ कि म क्लबलाई जसरी पनि मद्दत गर्न चाहन्छु,’ स्पोर्टसँग कुरा गर्दै उनले भनेका छन्, ‘म प्राविधिक सचिव बन्न चाहन्छु ।’ तर उनले बार्सिलोनामै रहन्छु कि रहँदैन भन्ने कुरा आफैंलाई थाहा नभएको बताए ।
उनले अगाडि भनेका छन्, ‘म क्लबमा फर्केर सक्दो योगदान गर्न चाहन्छु । किनभने म बार्सिलोनालाई माया गर्छु र उनीहरूलाई राम्रो गर्दै विश्वको उत्कृष्ट बनाउन चाहन्छु ।’
![](https://www.onlinekhabar.com/wp-content/uploads/2021/10/900x100.gif)
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)