• सर्वोच्च अदालतका न्यायाधीशले आज पनि मुद्दा नहेर्ने

  • काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने बताएका छन् । 

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका सर्वोच्चका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने भएका हुन् ।

    न्यायाधीशहरु आइतबार पनि इजलासमा बसेका थिएनन् । “केही समय दिन सकिन्छ तर प्रधानन्यायाधीशको बहिर्गमन हुनैपर्छ ।  हामी सम्मानजनक बहिर्गमनको पक्षमा छौँ,” एक न्यायाधीशको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय