• बालुवाटार जग्गा प्रकरण- माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा आज पनि फैसला नहुने

  • काठमाडाैं । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा सर्वोच्च अदालतले कात्तिक १५ गते सुनाउने भनिएको फैसला आज नहुने भएको छ ।

    गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाईका लागि आज तोकेको थियो । इजलासले बहस नोटसमेत मगाउने गरी आजका लागि तोकेको थियो ।

    बहुचर्चित ललिता निवास प्रकरणको फैसलाका लागि मिति तय गरिएको आज न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले नहुने भएको हो । न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेकाले आजको निर्णय सुनाउने पेशी स्थगित हुने भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मन्त्रिपरिषदबाट सामूहिक रूपमा गरेका नीतिगत निर्णयमा कारबाही गर्न नसकिने निष्कर्ष निकालेकाे थियाे । तर तत्कालीन मन्त्रीहरु तत्कालीन मन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी लगायतविरुद्ध मुद्दा दायर गरेको थियो ।

    त्यहि मन्त्रिपरिषदबाट भएका निर्णयमा अनुसन्धान नहुने तर विभागीय मन्त्रीलाई मुद्दा दायर गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    प्रधानमन्त्रीकै निवासको आंगनमै रहेको ठूलो परिमाणको जग्गा अनाधिकृत रुपमा व्यक्तिको नाममा लगिएपछि सरकारले अनुसन्धान गरी मुद्दा चलाउन अख्तियारलाई आग्रह गरेको थियो । सार्वजनिक जग्गालाई ब्यक्तिको जग्गा बनाउन सहयोग पुर्‍याउन सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मीसमेत मुछिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय