• उपाधीकै दाबेदार ठानिएकाे भारतको सेमिफाइनल यात्रा कठिन

  • काठमाडौँ – आइसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराएको छ । भारतले दिएको १११ रनको सामान्‍य लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो । न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए भने केन विलियम्सनले नटआउट ३३ रन बनाउँदा मार्टिन गुप्टिलले २० रनको योगदान गरे । भारतका लागि जसप्रीत बुमराले २ विकेट लिए ।

    यसअघि टस हारेर ब्‍याटिङको निम्‍तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो । भारतको यो लगातार यो दोस्रो हार हो । भारत यसअघि पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । लगातार २ खेल हारेपछि भारतका लागि सेमिफाइनलमा स्थान बनाउन कठिन हुने भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय