• प्रदेश १ सरकारबाट आज एमाले बाहिरिएला ?


  • कामठाडाैँ । निर्धारित कार्यसूचीबमोजिम आज (कात्तिक १५) प्रदेश १ को प्रदेश सभामा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिए एमालेको सरकार ढल्ने निश्चित छ। अध्यक्ष केपी शर्मा ओलीले दुई दुईपटक चालेका असंवैधानिक कदम (प्रतिनिधि सभा विघटन) का कारण केन्द्र सरकारबाट बाहिरिएको एमाले एकपछि अर्काे प्रदेश सरकारबाट विस्थापन भइरहेको हो। 

    यस क्रममा गण्डकी र बागमती प्रदेश सरकारको नेतृत्वबाट हात धोइसकेको एमाले आज कुनै उलटपुलट नभए प्रदेश १ को सरकारबाट पनि घोक्रेठ्याक लाग्ने पक्का छ।

    यसअघि यही कात्तिक ७ गते नै त्यहाँका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने मिति तोकिएको थियो। तर त्यही दिन नेपाली कांग्रेसले बैठक स्थगन गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि मतदान हुन पाएन।

    साथै प्रदेश १ एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले समेत सदन स्थगनको माग राखेर निवेदन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १४ (हिजो) सम्म प्रदेशसभा बैठक स्थगन गरेका हुन्। 

    आज प्रदेशसभाको बैठक बस्दै छ। मुख्यमन्त्री आचार्यको विश्वासको मत प्रस्तावअनुसार मतदान हुनेछ। अहिले कांग्रेसका प्रदेश सांसद पनि  उनका पक्षमा मत नदिनेमा एकजुट भएकाल आचार्य पदबाट बर्खास्त हुने पक्का छ। योसँगै एमालेले प्रदेश १ को सरकारबाट पनि हात धुनेछ। ​

     

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय