• पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

  • नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ ।

    नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएको समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप असहज हुने भन्दै मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन्।

    ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुने अवस्था सिर्जना भएकाले मूल्यवृद्धिको निर्णयप्रति खेद व्यक्त गर्दछौं’, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    नेविसंघका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीले लामो समयदेखि अफ्ठ्यारो भइरहेको अवस्थामा जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने काम भएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन आग्रह गरे ।

    नेविसंघले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न सरकासँग माग गरेको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए नेविसंघले कडा आन्दोलन गर्ने जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय