• देशभर थप ४०८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १२ हजार ५७० पुगेको छ । यसैगरी हालसम्म ११ हजार ४०७ जनाको मृत्यु भएको छ। अहिलेसम्म ७ लाख ९१ हजार ७८७ जना संक्रमणमुक्त भएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय