• प्रधानन्यायाधीशसित छलफल गर्न तीन सदस्यीय वार्ता टोली गठन

  • सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेका छन् ।

    इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरुको आजको आन्तरिक छलफलबाट समिति गठन गरिएको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति बनाइएको हो । वार्ता समितिका सदस्यले निकासका लागि प्रधानन्यायाधीशसँग छलफल गर्ने तयारी गरेका छन् ।

    न्यायाधीशहरुले गत मंगलबार प्रधानन्यायाधीशलाई भेटेरै निकास दिन आग्रह गरे तापनि राजीनामा नदिने जवाफ फर्काएका थिए । त्यसयता न्यायाधीशहरू इजलासमा फर्किएका छैनन् । जसका कारण सर्वोच्चमा मुद्दा सुनुवाइ प्रभावित भएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय