• पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न नेविसंघको माग

  • नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गरेको छ । संघले आइतबार विज्ञप्ति निकालेर मूल्यवृद्धिको निर्णय खारेजीको माग गरेको हो ।

    नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । संघले विज्ञप्तिमा मूल्यवृद्धि फिर्ता नभए कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएको छ ।

    ‘कोभिड– १९ का कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय हामीलाई मान्य हुने छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो समय भनेको प्रतिकूलतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय