• बाढीका कारण अवरुद्ध पाँच सडक अझै खुल्न सकेनन्

  • कात्तिक पहिलो साता आएको बाढीका कारण अवरुद्ध सडकमध्ये अझै पाँच सडक खुल्न सकेका छैनन् । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण १२ सडक अवरुद्ध भएकामा सात खुलिसकेका छन् ।

    पछिल्लो वर्षाले खुल्न बाँकी सडकमा मनाङको डुम्रे–बेँशीसहर–चामे सडक रहेको छ । सो सडक अहिले पनि निगालाघारी, खोत्रो र दानाक्यमा खुल्न सकेको छैन । यी सडक ३७, ४० र ४९ चेनेजमा रहेका छन् । अवरुद्ध सडकमा बझाङमा खोड्पे– चैनपुर सडकको जालिबगर र नारुगौणा रहेका छन् । धनगढी–सहजपुर–वुडर–स्याउले र सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडक दार्चुलाको धिमनको तीन किमी वर किम्तडीमा पनि सडक अवरुद्ध छ ।

    पछिल्ला वर्षाका कारण अवरुद्धमध्ये कतिपय सडक तत्कालका लागि खुलाइएको भए पनि पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेका छैनन् । आसिंक रुपमा मात्रै सञ्चालनमा रहेका सडकमा राप्ती राजमार्गको अरिङगलफेदी सडक, वर्दिवास–सिन्धुली–खुर्काेट–धुलिखेल सडकको कमेरे फाँट, सुर्खेत तल्लो डुङ्ग्रेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट– खुलालु– मान्म र नाग्मा–जुम्ला सडकको विभिन्न खण्ड रहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय