• प्रधानन्यायाधीशविरुद्ध नेपाल बारको चरणबद्ध आन्दोलन आजदेखि

  • काठमाडाैँ । पदीय जिम्मेवारीका क्रममा विभिन्न आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशशशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आज (आइतबार) देखि चरणबद्ध आन्दोलन गर्दै छ। 

    प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम गर्ने भएको हो। 

    गत शुक्रबार नै आन्दोलन घोषणा गरेको बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। 

    बारको निर्णयमा भनिएको छ, ‘कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।’

    यस्ता छन् विरोधका कार्यक्रम
    -मिति २०७८ कार्तिक १४/५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने।

    -मिति २०७४र०७र१६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने।

    -न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन (नेबाए)​ को निर्णयको बारेमा ९० वटै बार एकाईहरुमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।

    -नेबाएका ९० वटै बार एकाईहरुका अध्यक्ष र सचिवज्यूहरुसँग भर्चुयल ९जुम० मार्फत छलफल, अन्तरक्रिया र सुझाव सङ्कलन गर्ने।

    – उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरु घोषणा गर्ने।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय