• यस्तो छ आजको मौसम

  • काठमाडौं । आज देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।

    आज राति प्रदेश १, बागमती र गण्डकीमा वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

    त्यस्तै सोमबार पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय