• प्रधानन्यायाधीशकाे चुनाैति दिँदै भने : बारकाे‘अल्टिमेटम’ मान्दिनँ

  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागप्रशस्त गर्नुपर्ने भन्दै नेपाल बार एसोसिएसनले अल्टिमेटम नै दिएको छ । तर, त्यो अल्टिमेटम प्रधानन्यायाधीश जबराले बेवास्ता गर्ने स्थिति देखिएको छ ।

    चरणवद्ध आन्दोलनको घोषणा गरेको बारले दिएको अल्टिमेटम नमान्दै संवैधानिक विधि र प्रक्रियाबाट आफूलाई हटाउन प्रधानन्यायाधीशले चुनौती दिइसकेका छन् ।

    प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँच दिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्ने र मुद्दा हेर्ने मनस्थितिमा देखिएको छ ।

    नेपाल बारले दिएको अल्टिमेटमको विषयमा प्रधानन्यायाधीश राणाले सडकबाट कसैले अल्टिमेटम दिँदैमा आफूले राजीनामा नदिने बताए ।

    आफु संवैधानिक प्रक्रियाबाट आएकाले बिदा पनि हुनुपरे संवैधानिक प्रक्रियाबाट हुने तर, कसैले विरोध गरेर आन्दोलनमा उत्रिँदैमा राजीनामा नदिने राणाले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय