• रानी एलिजावेथको स्वास्थ्य एकदमै राम्रो छ : जोनसन

  • एजेन्सी। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानीको स्वास्थ्य अवस्था एकदमै राम्रो भएको बताएका छन्।

    चिकित्सकहरूले ९५ वर्षीय महारानीलाई कम्तीमा पनि दुई साता आराम गर्न चिकित्सकले सल्लाह दिएको खबर सञ्चारमाध्यममा समाचार आएपछि उनले सो कुरा बताएका हुन्।

    ‘मैले महामहिमसँग कुरा गरें र उहाँ एकदमै राम्रो अवस्थामा हुनुहुन्छ’, प्रधानमन्त्री जोन्सनले रोमस्थित बेलायती टेलीभिजन च्यानल ४ सँग सप्ताहन्तमा जी–२० शिखर सम्मेलनका क्रममा भने।

    ‘उहाँलाई चिकित्सकको सल्लाह पालन गरेर आराम गर्न भनिएको छ मलाई लाग्छ यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । मेरो विचारमा सारा देशले उहाँलाई शुभकामना दिनेछ ।’

    बकिङहम प्यालेसले शुक्रबार भनेको छ, ‘हालै ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ का लागि अस्पतालमा एक रात बिताएकी महारानीले कम्तीमा पनि अर्को दुई हप्तासम्म निको हुन चिकित्सा सल्लाह पालन गरिरहनुभएको छ ।’

    ग्लासगोमा भएको संयुक्त राष्ट्र जलवायु सम्मेलन ( कोप–२६) मा उनी सहभागी हुने कार्यक्रम रद्द गरिएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय