• एउटा देश जहाँ महामारीयता पहिलो संक्रमण पुष्टि भयो

  • ३१ डिसेम्बर, २०१९ मा चीनको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भयो ।

    त्यसयता विश्वका २ सयभन्दा बढी देश तथा क्षेत्रमा कोरोना भाइरसको महामारीले आक्रान्त बनायो ।
    तर अझै पनि संसारका केही देश तथा क्षेत्रमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छैन ।

    त्यस्तै देशमध्ये एक प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा पहिलो संक्रमण पुष्टि भएको छ ।
    कोरोना संक्रमण देखिएपछि त्यहाँका मानिसहरू कोभिडविरुद्धको खोप लगाउन हतारिएका छन् ।

    यद्यपि न्युजिल्याण्डबाट विमानमार्फत आएका व्यक्तिमा कोरोना देखिएको थियो । उनले पूर्ण मात्रा खोप लगाएको बताइएको छ ।

    टोङ्गाका प्रधानमन्त्री पोहिभा तुएनिटोआले मुख्य द्विप टोङ्गा टापुमा अर्को साता लकडाउन हुनसक्ने बताएका छन् । टोङ्गा कोभिड संक्रमण नपाइएको अन्तिम मध्येको देश थियो ।

    सो टापु देशमा एक लाखभन्दा धेरै मानिसहरू बस्छन् । जुन न्यूजिल्यान्डभन्दा उत्तर पश्चिममा अवस्थित छ । टोङ्गाका एकतिहाइ जनसंख्याले मात्र पूर्ण मात्रा खोप लगाएका छन् ।

    तर त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौं मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन् । संक्रमित व्यक्ति घर फिर्तीका लागि न्यूजील्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ जनामध्येका एक हुन् ।

    सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ । जो टोकियो ओलिम्पिक्सयता न्यूजील्यान्डमा रोकिएको थियो ।

    न्यूजील्यान्डको स्वास्थ्य मन्त्रालयले आफ्नो देश छाड्ने बेलामा ती व्यक्तिमा कोभिड नदेखिएको जनाएको छ । तर टोङ्गाका अधिकारीहरूले नियमित परीक्षणका बेला बिहीवार संक्रमण पुष्टि भएको जनाएका छन्।

    क्वारेन्टाइनमा उनको अनिवार्य कोरोना परीक्षण गरिएको थियो । टोङ्गाको स्वास्थ्य मन्त्रालयका प्रमुख कार्यकारीले संक्रमित व्यक्तिले अक्टोबरमा खोप लगाएका कारण उनी गम्भीर बिरामी नहुने विश्वास गरिएको जनाएका छन् ।

    प्रधानमन्त्री तुएनिटोआले आफूलाई तत्कालै लकडाउन नगर्न सुझाव दिइएको बताएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय