• चाँदीका गरगहनासहित एक जना पक्राउ

  • वीरगञ्ज। भारतको रक्सौलबाट अवैधरुपमा वीरगञ्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बीआर२२एसी ४०९९ नंको पल्सर मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका– १ का ३९ वर्षीय रामबाबु साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो।

    उनलाई वीरगञ्ज महानगरपालिका–१७ अलौ सिर्सियाबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय