• देशभर थप ३७२ मा कोरोना सङ्क्रमण पुष्टि, ११ जनाको मृत्यु

  • काठमाडाैं। देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ७ हजार ९११ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १२ हजार ९९४ पुगेको छ ।

    एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ५०३ छ । पछिल्लो समय थप ९११ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९१ हजार २६९ पुगेको छ । निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख ७३ हजार ५९ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

    हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२६ रहेको छ । त्यसैगरी होम आइसोलशनमा आठ हजार ७४६, संस्थागत आइसोलेशनमा ७८०, आइसीयूमा २३४ र भेन्टिलेटरमा ६८ जनाले उपचार गराइरहेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय