काठमाडाैं। अभिनेत्री तथा निर्माता रेखा थापाले २०७७ को वैशाखबाट छायांकन सुरु गर्ने योजनासहित फिल्म घोषणा गरेकी थिइन्। तर, कोरोनाका कारण २०७६ चैतबाट नै लकडाउन भएपछि रेखाले फिल्मको छायांकन सुरु गर्न सकिनन्।
रेखाले वर्ष २०७८ को वैशाखबाट छायांकन गर्ने अर्को सोच राखेकी थिइन् । तर, २०७८को वैशाखमा पनि स्थिति सोचेजस्तो भएन। त्यसैले रेखाले फिल्मको छायांकन सुरु गर्न सकिनन्।
अब भने कोभिड-१९ महामारीको अवस्था सामान्य नबनेसम्म फिल्म बनाउने कुरा नसोच्ने रेखा बताउँछिन्। कोभिड-१९ महामारीका कारण अहिले फिल्म अहिले दर्शकको प्राथमिकतामा नरहेको उनको भनाइ छ।
‘कोभिड-१९ का कारण यतिखेर दर्शकको प्राथमिकतामा फिल्म छैन, जबसम्म यो अवस्था रहन्छ, नयाँ फिल्म बनाउँदिन,’ रेखाले भनेकी छन्।
रेखा अहिलेको समयमा पीडामा रहेका व्यक्तिहरुको सहयोगमा जुट्नुपर्ने बताउँछिन्। रेखा भन्छिन्, ‘यो हामीले सहयोग गर्ने समय हो । फिल्म बनाउनेबारे पछि सोचौँला ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।