• चिनियाँ राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

  • एजेन्सी। वेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच टेलिफोन कुराकानी भएको छ ।

    आसन्न कोप–२६ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो ।

    उनीहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्युनीकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

    विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गरेका थिए ।

    प्रधानमन्त्री जोनसोनको सचिवालयद्वारा जारी वक्तव्यमा चिनियाँ राष्ट्रपति सम्मेलनमा भौतिक रुपमा सहभागी नहुने भएकाले उनहरुका बीचमा फोनमा कुराकानी भएको उल्लेख गरिएको छ ।

    वेलायतकै आयोजनामा आगामी आइतवारदेखि ग्लासगोमा दुई हप्ते शिखर सम्मेलन हुन लागेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय