• लागु औषधसहित एक जना पक्राउ

  • कञ्चनपुर। लागु औषधका रुपमा प्रयोग हुने नेट्राभेट १० सहित कञ्चनपुरको पुर्नवास–११ डोकेबजारबाट प्रहरीले आज साँझ एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का अन्दाजी वर्ष २० का राहुल बाल्मिकी रहेका छन् ।

    नेपाल भारत सीमा क्षेत्र डोकेबजारमा पैदल हिड्दै गरेका बाल्मिकी माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले लागु औषध नेट्राभेट दश १०५ ट्यावलेट फेला पारेको छ ।

    बाल्मिकीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । बाल्मिकीले भारतबाट लागु औषध ल्याएको बताइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय