• टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिजको पहिलो जित

  • काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा साबिक विजेता वेस्ट इन्डिजले पहिलो जित हात पारेको छ ।

    शुक्रबार भएको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई ३ रनले हराएको हो ।

    सारजाहमा वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

    बंगलादेशका लागि लिटोन दासले सर्वाधिक ४४ रन बनाए भने कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाउँदा सौम्य सरकार र मोहमद नाइमले समान १७÷१७ रन जोडे ।

    वेस्ट इन्डिजका रबि रामपाल, ड्वेन ब्राभो, जासन होल्डर, आन्द्रे रसेल र अकिल होसेनले १÷१ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

    वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ४० रन बनाए भने रोस्टन चेसले ३९, जासन होल्डरले अविजित १५ रन र कप्तान केइरन पोलार्ड १४ रन जोडे ।

    बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए ।

    जितसँगै वेस्ट इन्डिजले ३ खेलमा २ अंक जोडेर समूह १ को पाँचौ स्थानमा रहेको छ । लगातार तेस्रो हार ब्येहोरेको बंगलादेश भने पुछारमा रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय