• न्यायलयमा विवाद : सर्वोच्चमा पेसी तोकिन्छन्, सुनुवाइ हुँदैन

  • काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोके । तर कुनै पनि इजलासमा सुनुवाइ हुन सकेन ।

    पेसी तोकिएको मध्ये प्रधानन्यायाधीश राणा र न्यायाधीश डा.कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो ।

    उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ मा राखिएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ ।

    आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिपरिषद विस्तारमा भाग खोजेको आरोपका कारण न्यायलयमाथि प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न अस्वीकार गर्दै आएका छन्। सोमबारदेखि मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ ।

    गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन ।

    प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई संविधान र कानून बमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गरेका छन्।

    अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरू मर्कामा परेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय