• राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको पाँचदिने अल्टिमेटम

  • नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पाँच दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । शुक्रबार बसेको बारको बैठकले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दबाब दिन भर्चुअल छलफल अन्तरक्रिया र धर्नालगायतका आन्दोलनका कार्यक्रम तय गरेको छ ।

    त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको बारले सार्वजनिक गरेको छ ।

    १७ गतेभित्र पनि प्रधानन्यायाधीश राणाको राजीनामा नआए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बारको चेतावनी छ । त्यस्तै बैठकले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न र निर्णय प्रक्रियामा सहभागी नहुन आग्रह गरेको छ ।

    बारले ९० वटै युनिटको भर्चुअल बैठक राख्ने निर्णय पनि गरेको छ । न्यायपालिकाको समग्र सुधारका लागि आन्दोलन गर्नुपरेको भन्दै बारले सबैको सहयोगको अपेक्षा गरेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय