• भीम रावलको राजीनामा स्वीकृत

  • काठमाडौँ – नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा. भीम रावलको राजीनामा स्वीकृत भएको छ । पार्टीमा १० बुँदे कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले चासो नदेखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए । अध्यक्ष ओलीलाई लिखित राजीनामा पनि दिएका थिए । उक्त राजीनामा आजको स्थायी कमिटीले स्वीकृत गरेको हो ।

    ‘कार्यदल संयोजकबाट भीम रावलले राजीनामा बुझाउनुभएको छ । अब कार्यदलका अरु सदस्यले काम अगाडि बढाउनु हुनेछ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने ।ज्ञवालीले कार्यदलका अन्य सदस्यबाट समस्या समाधान हुन नसकेमा स्थायी कमिटीले टेकओभर गर्ने पनि जानकारी दिए ।  ‘आवश्यक पर्‍यो भने स्थायी कमिटीले आवश्यक निर्णय गर्छ । कामलाई अगाडि बढाउँछ,’ उनले भने ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय