• बागमतीको मन्त्रिपरिषद्को पहिलो बैठक : स्वास्थ्य क्षेत्रमा सुधारको निर्णय

  • हेटाैडा । बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले स्वास्थ्य क्षेत्रलाइ थप सुधार गर्ने निर्णय गरेको छ।

    नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्को बैठक बसेर सो निर्णय गरेका हुन्।

    मुख्यमन्त्री पाण्डेले प्रदेशस्तरका सबै अस्पतालमा अक्सिजन प्लान्ट, पीसीआर परीक्षणका लागि आवश्यक उपकरण, थप श्यया साथै भेन्टिलेटर र औषधिको सहजताका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छन्।

    बागमतीका १३ वटै जिल्लामा देखिएको कोभिड, स्क्रबटाइफस, मौसमी फ्लुजस्ता सरुवा रोगको नियन्त्रण, रोकथाम र व्यवस्थापन गरी नागरिकको जीवन सहज बनाउन स्वास्थ्य मन्त्रालय एवं सरोकारवाला निकायले प्रदेशस्तरका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक पर्ने अक्सिजन प्लान्ट, पीसीआर परीक्षणका लागि आवश्यक उपकरण, श्यया सङ्ख्या तथा थप आइसियु, इसियु, पीआइसियु र भेन्टिलेटर जडान गर्न तथा औषधिजन्य स्वास्थ्य सामग्रीको आपूर्तिको व्यवस्था मिलाउन र उल्लेखित प्राणघातक सरुवा रोगको जोखिमबाट सुरक्षित रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय