• प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाने

  • काठमाडाैं। प्रधानसेनापति महारथी प्रभुराम शर्माले यही कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्।

    भारतका सेनाध्यक्ष मनोजमुकन्द नरवणेको औपचारिक निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन्।

    भारत भ्रमणका क्रममा उनलाई भारतीय राष्ट्रपतिबाट मानार्थ महारथी दर्जाबाट सम्मानित गरिने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    महारथी शर्माले आफ्ना समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका विभिन्न अङ्गका प्रमुखसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय