• एमाले स्थायी कमिटीले टुंगो लगायो महाधिवेशन प्रतिनिधि संख्या

  • काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको छ ।

    जसअनुसार एमालेको आसन्न १० औं महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

    एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार रहेको र उनीहरुमध्येबाट १ हजार ५३६ जना प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

    भूगोलबाट १ हजार १९६ जना तथा केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुनेछन् ।

    हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १ हजार ५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन पाउनेछन् भने त्यसभन्दा माथि हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।

    हरेक जिल्लाबाट एक/एक जना दलित, हरेक प्रदेशबाट मजदुर प्रतिनिधि तथा हरेक जनसंगठनबाट ५/५ जना महाधिवेशन प्रतिनिधि आउने छन् ।

    केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।

    यसैगरी पदेन महाधिवेशन प्रतिनिधि २६२ हुनेछन् भने ५ प्रतिशत मनोनयन गरिनेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय