• थप ५९१ जनामा कोरोना सङ्क्रमण,६६४ संङ्क्रमणमुक्त

  • काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा ११ हजार ३५५ जनामा कोरोना परीक्षण गर्दा ५९१ जनामा सङ्क्रमण पाइएको हो ।

    आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २३६ पुगेको छ ।

    पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् ।

    पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ ।

    पछिल्लो २४ घण्टामा ६६४ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार ७८९ पुगेको छ ।

    नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ । यसैगरी आज कोरोना सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३८२ जनाको निधन भएको छ ।

    आज एक लाख एक हजार ४७५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ५५ हजार २१५ पहिलो मात्रा र ६८ लाख ६५ हजार ६६५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय