• भारतको त्रिपुरामा मुस्लिमको सम्पत्ति र मस्जिदमा हमला

  • एजेन्सी। भारतको उत्तर–पूर्वी राज्य त्रिपुरामा मुस्लिमविरोधी हिंसा भड्किएको छ । सो राज्यमा मुस्लिमहरूको सम्पत्ति र मस्जिदहरूमा हमला भएपछि तनाव उत्पन्न भएको हो ।

    मुस्लिम समुदायको सम्पत्ति र मस्जिदहरुमा हमला भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने मानिसहरुलाई भेला हुन निषेध गरिएको छ । हिंसा भड्किएपछि हिन्दू समूह र प्रहरीबिच झडप समेत भएको छ ।

    हिन्दू समूहले बंगलादेशमा दसैंको समयमा दुर्गापुजा र मन्दिरमा भएको हमलाको विरोधमा र्‍याली निकाल्न नदिएपछि प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए ।

    बंगलादेशमा मुस्लिम समुदायले गरेको हमलामा ७ जना हिन्दुको मृत्यु भएको थियो ।

    दुर्गा पूजाको समयमा कुरानको अपमान गरिएको हल्ला फैलिएपछि मन्दिरहरूमा आक्रमण हुनुका साथै अल्पसंख्यक हिन्दूहरूका सयौं घर तथा व्यवसाय जलाएका थिए । त्रिपुरा तीनतिरबाट बंगलादेशले घेरिएको राज्य हो ।

    त्रिपुरामा तीन वर्षदेखि भाजपा सरकार छ । त्यसअघि त्यहाँ २५ वर्ष कम्युनिस्ट पार्टीले शासन गरेको थियो ।

    त्रिपुरामा भाजपानिकट हिन्दुवादी संगटन विश्व हिन्दू परिषद्को आयोजनामा एउटा र्‍याली भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय