काठमाडाैं। यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जना पक्राउ परेका छ्न्। उनीहरूलाई कलंकी र नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका ४१ वर्षीय हृदय नारायण साह छन्। साहले ना६ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए।
त्यस्तै गोंगबुबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरीलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा बुझाएको छ। पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रतिव्यक्ति पच्चीस सयदेखि तीन हजारसम्म लिने गरेका थिए।
उनले ना७ख ४९२० नम्बरको बस मार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ।
दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरी हालसम्म महाशाखाले २८ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको महाशाखाले जनाएको छ। महाशाखले निषेधाज्ञा लागू भएपश्चात बढी भाडा लिई यात्रु ठग्नेबिरुद्ध कारबाही अभियान चलाएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।