• स्रोत नखुलेको रकमसहित चारजना वीरगञ्जबाट पक्राउ

  • पर्सा। पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर पानीट्याङ्कीमा डेरा गरी बस्ने भारत बिहार मोतिहारी रक्सौल–१८ ठेगाना भएका २७ वर्षीय विकास कुमार, मोतिहारी रक्सौल–९ ठेगाना भएका २२ वर्षीय गुड्डु कुमार, मोतिहारी ठेगाना भएका १८ वर्षीय किशोर र बारा महागढी नगरपालिका–४ ठेगाना भएका १८ वर्षीय किशोर छन् ।

    विकास कुमारसमेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।

    अनुसन्धानका क्रममा विकासको डेरा तलासी गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखेको थप ५७ लाख ५० हजार रुपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट ना.८ प ४८९७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

    उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय