• प्रतिनिधिसभामा आज पनि एमालेको नाराबाजी

  • प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी लगाइरहेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै बैठक अवरुद्ध गरेको छ ।

    सभामुख अग्नि सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरु वेलमा आएर नाराबाजी गरेका थिए । सभामुख सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।

    एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनको लागि संसद संचालनमा सहयोग पुर्‍याउन आग्रह गरे । भदौ २३ गते प्रतिनिधिसभाको अधिवेशन सुरु भएको दिनदेखि एमालेले संसदमा अवरोध गरिरहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय