• स्वदेश फर्किए युवराज खतिवडा

  • अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा स्वदेश फर्किएका छन्।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारका पालामा नियुक्त भएका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेपछि खतिवडा नेपाल आएका हुन् । यसअघि ओली सरकारका पालामा खतिवडा अर्थमन्त्री पनि थिए।

    पछि ‌ओली सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो । २०२० को अक्टोबरमा मन्त्रिपरिषद् बैठकले उनलाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय