![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/yubaraj-Khatiwada.jpg)
अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा स्वदेश फर्किएका छन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले ओली सरकारका पालामा नियुक्त भएका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेपछि खतिवडा नेपाल आएका हुन् । यसअघि ओली सरकारका पालामा खतिवडा अर्थमन्त्री पनि थिए।
पछि ओली सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो । २०२० को अक्टोबरमा मन्त्रिपरिषद् बैठकले उनलाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय