• अस्वस्थ भएपछि मन्त्री झाँक्री वीर अस्पताल भर्ना

  • सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।
    “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय