• गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त

  • पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।
    प्रदेश प्रमुख सीता पौडेलले सबैभन्दा ठूलो दलको संसदीय दलको नेता रहेका गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    यसअघि प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दाबी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

    प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

    राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमविक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखले पोखरेलको दाबी नपुग्ने भन्दै पुनः गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय