• विवेकशील साझा पार्टीको पाण्डे समूह एकीकृत समाजवादीमा प्रवेश गर्ला ?

  • काठमाडाैँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेसहित उनको समूहका नेताले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेपछि पाण्डे समूह सोही पार्टीमा प्रवेश गर्न लागेको दाबी गर्दै खबर सार्वजनिक भएकाे छ।

    तर स्वयं संयोजक पाण्डेले भने समाचार गलत भएको भन्दै खण्डन गरेका छन्। 

    संयोजक पाण्डेले आफूलगायत विवेकशील साझा पार्टीका केही साथीले अघिल्लो हप्ता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटेको तस्बिरलाई ‘एउटा मिडिया’ले गलत तरिकाले प्रस्तुत गरेर पार्टी प्रवेश गर्न लागेको भन्ने ‘गलत र तथ्यहीन’ समाचार बनाएको बताएका हुन्। 

    ‘यो समाचार गलत हो। म/हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ’, पाण्डेले भनेका छन्, ‘अघिल्लो हप्ता हामीले कांग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रिय राजनीतिबारे छलफल गरेका छौँ। सुझाव दिएका छौँ। हरेक भेटमा हरेक नेताहरूसँग नागरिकको मुद्दामा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल गर्छौँ। जुन सामान्य कुरा हो।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय