• एसियन कप छनोट नेपाल ताजिकिस्तानसँग भिड्दै

  • काठमाडौँ – एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

    रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

    ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

    छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष टोलीले एएफसी २३ मुनिको एसियन कप खेल्नेछन् ।

    यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ मुनिको एसियन कपमा छनोट हुनेछन् । ज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय