• आईसीसी टी–२० विश्वकप : इंग्ल्याण्डको लगातार दोस्रो जित

  • आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले लगातार दोस्रो जित हात पारेको छ ।

    बुधबार साँझ अबुधावीमा भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

    बंगलादेशले दिएको १२५ रनको लक्ष्य इंग्ल्याण्डले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

    इंग्ल्याण्डको जितमा जेसन रोएले सर्वाधिक ६१ रनको अर्धशतकीय योगदान दिए भने डेभिड मलानले अविजित २८, जोस बटलरले १८ रन र जोनी बेरिस्टोले अविजित ८ रनको योगदान गरे ।

    बंगलादेशका शोरिफुल इस्लाम र नसुम अहमेदले १–१ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो । बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक २९, महमुदुल्लाह र नसुम अहमेदले १९–१९, नुरुल हसनले १६ तथा महेदी हसनले ११ रनको योगदान दिए ।

    इंग्ल्याण्डका लागि टाइमल मिल्सले ३, लियाम लिभिङस्टोन र मोइन अलीले समान २ र क्रिस वक्सले १ विकेट लिए ।

    जितपछि २ खेलबाट ४ अंक जोडेको इंग्ल्याण्ड समूह १ को शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेशको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बंगलादेश श्रीलंकासँग पराजित भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय