• ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

  • लहान। ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

    दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका–५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डिस्कोले पुरिएर आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घर लिपपोत गर्न गाउँदेखि करिब २ सय मिटर दूरीमा रहेको खाल्डोबाट माटो झिक्ने क्रममा ढिस्को खसेर पुरिएको र निकाल्ने प्रयास गरे पनि करिश्मालाई जीवितै उद्धार गर्न नसकिएको स्थानीयवासी सन्तोष साहले जानकारी दिए।

    ढिस्कोमा परेर करिश्माकी आमा ममतादेवी कामैत, स्थानीयवासी महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षीया छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुबास ढकालले जानकारी दिए ।

    घाइतेमध्ये राजकुमार यादवकी १० वर्षीया छोरी सविताको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय