• देशभर थप ६७२ जना सङ्क्रमित, ८ जनाको मृत्यु

  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६७२ मा सङ्क्रमित देखिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३७५ रहेका छन् ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा ४९५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार १२५ रहेको छ ।

    नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

    यसैगरी आज कोरोना सङ्क्रमणबाट आठ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३८० को निधन भएको छ ।

    त्यस्तै पछिल्लो समय ७७ हजार २०७ ले खोप लगाएका छन् । हाल मृत्युदर एक दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय